काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं. १४ निवासी रुद्रमणी गौतमको परिवारलाई पन्चानब्बे हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।
सन नेपाल लाइफ इन्स्योरेन्सका बीमित नाबालक रुद्रमणी गौतमको प्रस्तावक तथा आमा चन्दा गुरुङ्ग गौतमको ALD Alcoholic Hepatitis Decompensated को कारणबाट मृत्यु भएको हुँदा निज प्रस्तावकको मृत्यु दाबीको मासिक आय सुविधा बापतको रकम ७० हजार र किरिया खर्च वापतको रकम २५ हजार गरी जम्मा ९५ हजार रुपैयाँ निज बीमितको संरक्षक तथा हजुरबुवा भविश्वर गौतमलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।
यस पश्चात मासिक रुपमा बीमाङ्कको २ प्रतिशतका दरले हुन आउने रकम विमितको उमेर १६ वर्ष हुन्जेलसम्म कम्पनीले भुक्तानी गर्नेछ भने विमितले वार्षिक रुपमा बुझाउनु पर्ने बीमाशुल्क बापतको रकम पनि कम्पनीले छुट दिनेछ ।
निजले सन नेपाल लाइफ गुल्मी शाखामा चार वर्ष अघि एक लाख बीमांकको बाल सावधिक जीवन बीमा पोलिसी गरेका थिए, कृषि कर्म गर्दै आइरहेकी गौतमको उपचारको क्रममा मृत्यु भएको थियो ।
सन नेपाल लाइफद्धारा मृत्यु दावी भुक्तानी
आर्थीकसंसार संवाददाता२० जेठ, २०७९
२० जेठ, २०७९- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?