आर्थीकसंसार संवाददाता१३ जेठ, २०७९
१३ जेठ, २०७९काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले स्वयम्भुमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएको छोटो अवधिमै उक्त शाखाले २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । शाखा सञ्चालनमा आएको छोटो अवधिमै यति धेरै सफलता हालत पार्ने यो पहिलो शाखा रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रमको उद्घाटन सिइओ पौडेलले पानसमा बत्ती बालेर गरेका थिए भने शाखा प्रवन्धक भण्डारीले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रमको सञ्चालन एरिया शाखा प्रवन्धक सापकोटाले गरेका थिए ।