काठमाडौं । एनएमबि बैंकले माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले कार्यक्रममार्फत संस्थामा आश्रित महिलाहरुलाई बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरेको छ । बैंकको लघुवित्त बिभाग द्वारा आयोजित उक्त कार्यक्रममा कार्यक्रममा छघ जना महिलाहरुको सहभागिता रहेको थियो ।
गतवर्ष महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानी गर्न एउटा अग्रणी बैक रहेको बैंकले नारी सशक्तिकरणको लागि विभिन्न समयमा विभिन्न महिला समूहरुलाई वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।
कार्यक्रममा माईती नेपालको तर्फबाट सस्थापक अनुराधा कोईराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोईरालाको उपस्थिति रहेको थियो भने एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा। बुद्धि मल्ल, शरद पौडेल र नबिन पन्थिको उपस्थिती रहेको थियो ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
एनएमबि बैंकको माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम संचालन
आर्थीकसंसार संवाददाता६ वैशाख, २०७९
६ वैशाख, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन