काठमाडौं । बीमा समितिमा चालु आर्थिक वर्षमा मात्रै २८८ वटा उजुरी परेको छ । उजुरी परेका मध्ये हालसम्म ९४ उजुरी मात्रै किनारा लागेका छन् । अझै १९४ वटा मुद्दा किनारा लाग्न बाँकी रहेको समितिले जनाएको छ ।
बीमा ऐन, २०४९ ले बीमा समितिलाई बीमित र बीमकको बीचमा उत्पन्न हुने बीमा सम्बन्धी विवादमा मध्यस्थता गर्ने एवं बीमा दायित्व निर्धारणका सम्बन्धमा बीमकका विरुद्ध बीमितले दिएको उजुरीमाथि निर्णय गर्ने अर्धन्यायिक निकायका रूपमा स्थापना गरेको छ ।
बीमितले दिएका बीमा दाबी सम्बन्धी उजुरीहरूलाई प्राथमिकताका साथ निर्णय प्रक्रियामा सामेल गरी किनारा लगाइएको समितिले जनाएको छ। चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म समितिमा दर्ता भई फैसला हुन बाँकी कुल २८८ उजुरीमध्ये फैसला तथा बीमा समितिको रोहबरमा बीमक र बीमितबीच आपसी सहमति तथा मेलमिलापबाट ९४ वटा उजुरी किनारा लगाइसकिएको छ। अब कुल १९४ वटा मुद्दा किनारा लाग्न बाँकी छन् ।
बीमा समितिमा २८८ वटा उजुरी, ९४ वटाको मात्रै किनारा
आर्थीकसंसार संवाददाता १ जेष्ठ, २०७९
१ जेष्ठ, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?