News Portal

  • बीमा समितिमा २८८ वटा उजुरी, ९४ वटाको मात्रै किनारा

    आर्थीकसंसार संवाददाता १ जेष्ठ, २०७९
    ८४१ पटक
    १ जेष्ठ, २०७९

    काठमाडौं । बीमा समितिमा चालु आर्थिक वर्षमा मात्रै २८८ वटा उजुरी परेको छ । उजुरी परेका मध्ये हालसम्म ९४ उजुरी मात्रै किनारा लागेका छन् । अझै १९४ वटा मुद्दा किनारा लाग्न बाँकी रहेको समितिले जनाएको छ ।
    बीमा ऐन, २०४९ ले बीमा समितिलाई बीमित र बीमकको बीचमा उत्पन्न हुने बीमा सम्बन्धी विवादमा मध्यस्थता गर्ने एवं बीमा दायित्व निर्धारणका सम्बन्धमा  बीमकका  विरुद्ध  बीमितले  दिएको  उजुरीमाथि  निर्णय  गर्ने  अर्धन्यायिक  निकायका  रूपमा  स्थापना  गरेको  छ  ।
    बीमितले  दिएका  बीमा दाबी सम्बन्धी उजुरीहरूलाई प्राथमिकताका साथ निर्णय प्रक्रियामा सामेल गरी किनारा लगाइएको समितिले जनाएको छ। चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म समितिमा दर्ता भई फैसला हुन बाँकी कुल २८८ उजुरीमध्ये फैसला तथा बीमा  समितिको  रोहबरमा  बीमक  र  बीमितबीच  आपसी  सहमति  तथा  मेलमिलापबाट  ९४  वटा  उजुरी  किनारा  लगाइसकिएको  छ।  अब  कुल  १९४ वटा मुद्दा किनारा लाग्न बाँकी छन् ।

    प्रतिकृया दिनुहोस्