काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २८औं वार्षिक साधारण सभा जेठ २३ गते गर्ने भएको छ । कम्पनीको ३६७औं बैठकले गरेको निर्णय अनुसार सभाको मिति तय भएको हो । उक्त सभा अनमोल व्याङकेट काठमाडौंमा विहान ११ बजे आयोजना गर्ने जनाएको छ ।
कम्पनीले यस वर्ष कुनै लाभांश प्रस्ताव गरेको छैन् । सभामा संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षणको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७ /७८ को वासलात, नाफा नोक्सान,हिसाब नगद प्रवाह विवरण सहितका अनुसूचिहरु पारित गर्ने प्रस्ताव पेश हुनेछ ।
सभाले आर्थिक वर्ष२०७८/ ७९ को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने तथा नीजको पारिश्रमिक निर्धाण गर्ने, संचालक समितिमा संस्थापक शेयरधनी समुह क को तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरु र सर्वसाधारण समुह ख को तर्फबाट २ जना गरी ६ संचालकको निर्वाचन गर्नेछ ।
त्यस्तै, बीमा समितिले तोको चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउन यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसंँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्णय गर्ने तथा सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने चल अचल सम्पति र दायित्व मुल्याङकन गर्नका लागि मान्यताप्राप्त मुल्याङकनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक लगायत मर्जर सम्बन्धी सम्पुर्ण अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।
कम्पनीले सभा प्रयोजनका लागि जेठ ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण जेठ ८ गतेसम्म कायमले सभामा भाग लिन सक्नेछन् ।
मर्जरको प्रस्ताव सहित यूनाइटेड इन्स्योरेन्सले बोलायो साधारण सभा
आर्थीकसंसार संवाददाता३० वैशाख, २०७९
३० वैशाख, २०७९- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह