News Portal

  • पसल पसलमा महालक्ष्मी विकास बैंकको क्यूआर कोड

    आर्थीकसंसार संवाददाता२६ वैशाख, २०७९
    ७३६ पटक
    २६ वैशाख, २०७९

    काठमाडौं । विगत २७ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले महाराजगञ्ज र नक्साल क्षेत्रमा क्यूआर कोड वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
    नगदरहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले वैशाख २६ गते उक्त क्षेत्रका फलफूल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल, होटल तथा रेष्टुरेन्टलगायत विभिन्न पसलहरुमा बृहत रुपमा क्यूआर कोड वितरण गरेको हो ।
    यस बैंकले प्रदेश नं १ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्