काठमाडौं । बैंक अफ काठमाण्डूले विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पतालसँग सम्झौता गरेको हो । आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन बैंकले सम्झाैता गरेकाे हाे ।
सम्झौता अनुसार बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्तर्गत विराटनगरकाे पर्पल हेज रेष्ट्रो एण्ड गार्डेन, एयरपोटचोकमा १५%, विर्तामाेडकाे मिठाे रेष्टुरेन्ट एण्ड थकाली किचनमा १०%, मिटिङ्ग पोइन्ट रेष्टुरेन्ट एण्ड बार,५ प्रतिशत, नोबल होटल एण्ड स्विमिडङ्ग कम्पलेक्स इमाडोलमा १०%, होटल अर्थ लाइट, सौरहमा २०%, चिकन स्टेसन इमाडोलमा १०% तथा सोलमारी रेष्ट्रो एण्ड मिटिङ्ग इमाडोलमा १५% को छुट पाउनेछन् ।
यस्तै अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्तर्गत विर्तामाेडकाे मेडिसिटी फार्मेसमा १०%, जनकपुरकाे रामजानकी हस्पिटलमा १५% तथा नमो मनकामना डेन्टल एण्ड किल्निक इमाडोलमा २५%को छुटको व्यवस्था रहेको छ ।
साथै, बुटिक अन्तर्गत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले विराटनगरको पिपलचोकमा रहेको तानास्क्वा फेसन स्टुडियोमा १५% छुट पाउनेछन् भने जिम/फिटनेस सेन्टर अन्तर्गत ढल्कोमा रहेकाे सेपस फिटनेस जिमकाे विभिन्न योजनाहरुमा ४५% सम्मको छुटकाे व्यवस्था रहेको छ ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
बैंक अफ काठमाण्डूका ग्राहकलाई हस्पिटलदेखि हाेटलमा ४५ प्रतिशतसम्मको विशेष छुट
आर्थीकसंसार संवाददाता२३ वैशाख, २०७९
२३ वैशाख, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो