काठमाडौं । नेपालको अग्रणी केबल ब्राण्ड लिटमस केबलले अप्रिल ३० देखि मे ९ सम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा हुने नेपाल र जिम्बावे (ए) बीचको द्विपक्षीय एकदिवसीय र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजन गरेको छ ।
सिरिजको तालिकाअनुसार नेपालले ३० अप्रिल, २ मे र ४ मेमा ३ वटा एकदीवसीय खेल खेल्नेछ भने ३ वटा टी–२० खेल ६, ७ र ९ मेमा खेल्नेछ ।
रमेश कर्पोरेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भन्नुभयो ‘राष्ट्रिय टिमसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौं ।’ यो सहकार्यले नेपाली क्रिकेटको विकास र सफलतामा योगदान पुर्याउने छ भन्ने कुरामा म विश्वस्त छु । हामी नेपाली क्रिकेट टोलीका सबै सदस्यहरूलाई हार्दिक शुभकामना र हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रा.लि नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोर्स्ड (ACSR) उत्पादन कम्पनी हो। यस कम्पनिले चार दशकदेखि अत्याधुनिक जर्मन प्रविधि र पूर्वाधारहरू प्रयोग गरि लिटमस केबल्स ब्रान्डअन्तर्गत उच्च गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ ।
लुम्बिनी विद्युत उद्योग प्रा.लि. नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक रमेश कर्पको भगिनी संस्थाका रुपमा रहँदै आएको छ ।
लिटमस केबलद्वारा नेपाली क्रिकेट टोलीको जर्सी प्रायोजन
आर्थीकसंसार संवाददाता१९ वैशाख, २०७९
१९ वैशाख, २०७९- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह