काठमाडौं । काठमाडौंको मुख्य सडक हुन् या गल्ली हुन्, फोहोर थुप्रिएको दृष्य हाम्रो लागि कुनै नौलो दृष्य होइन । र, यो फोहोर व्यवस्थापनको लागि सरकारले पर्याप्त प्रयास नगरेकोमा सरकारलाई दोष दिन पनि हामी पछि हटेका छैनौं । तर, आफ्नो देशको लागि आफैँले केही गर्नुपर्छ भन्ने उद्देश्यसहित मैनादेवी फाउन्डेसनले गत शनिबार काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ सफलतापूर्वक सम्पन्न गरेको छ । र, उक्त कार्यमा मैनादेवी फाउन्डेसनसँग कुमारी जबले करियर पार्टनरको रुपमा हातेमालो गरेको थियो ।
४०० भन्दा बढी युवाहरुको उत्साहजनक उपस्थिति रहेको उक्त रेस हात्तीसार चोकबाट सुरु भएर सिटी सेन्टर, रातोपुल, सेतोपुल, पुतलीसडक हुँदै पुनः हात्तीसार पुगेर समापन भएको थियोे । दौडँदै सबैभन्दा धेरै फोहोर संकलन गर्न सफल प्रत्यक ५ वटा टिमलाई नगद रु.१०,०००÷– पुरस्कार र पदक प्रदान गरिएको थियो । दौडमा टिम कफीबाट रामचन्द्र कुमाल र विवेक पोख्रेल, टिम इम्पेरियल बोइजबाट लक्ष्मण गिरी र विश्वामित्र थारु, टिम खवटबाट प्रेमप्रकाश खड्का र जश्विन भाट, टिम पिसफुल डोभबाट सविन राई र निमा रुम्बा तथा टिम द रेभुल्युसनबाट बिनोद जेठारा र शंकर रोकाया विजयी भएका थिए । यसको साथै कुमारी जबले अन्य मनोरन्जात्मक कार्यक्रमहरु पनि गरेको थियो जसको विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुमारी जबले जनाएको छ । विजेताहरुको घोषणा कुमारी जबको आधिकारिक फेसबुक पेज र इन्स्टाग्राम मार्फत केही दिन पछि गरिनेछ ।
दौडमा सहभागी युवाहरुलाई सम्बोधन गर्दै कुमारी जबका संस्थापक सन्देश भण्डारीले भन्नुभयो, “यस्तो सामाजिक कार्यमा युवाहरुको उत्साहजनक सहभागिता देखेर मलाई एकदमै खुशी लागेको छ । हामी कुमारी जबमार्फत योग्य र क्षमतावान युवाहरुलाई उचित अवसर प्रदान गर्न सदैव तत्पर छौं । रोजगारीसम्बन्धी कुनै पनि जिज्ञासा अथवा सहयोगको लागि तपाईंहरुले www.kumarijob.com मा गएर निःशुल्क रुपमा दर्ता गर्न र अटोमेटेड सिभी बनाउन सक्नुहुनेछ ।”
कार्यक्रममा प्रसिद्ध क्रिकेटर एवम् नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्का, पुर्व एआइजि सर्वेन्द्र खनाल, काठमाडौँ महानगरपालिकाका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह(बालेन), गायिका रेखा जोशी, स्ट्यान्ड अप कमेडियन हिमेश पन्त, पत्रकार राजेन्द्र बाँनिया, कार्टुन्ज क्रु लगायतको उपस्थिति थियो । रेसमा १,००० किलो भन्दा बढी फोहोर संकलन गरिएको आयोजकले जनाएको छ ।
काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ मा कुमारी जबको सहकार्य
आर्थीकसंसार संवाददाता१८ वैशाख, २०७९
१८ वैशाख, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने