काठमाडौं । माछापुच्छ्र्रे बैंक लिमिटेडले विद्युतीय सवारी साधानको प्रयोगलाई प्राथामिकता दिँदै आफ्ना ग्राहकको लागि ओकिनाव ब्रान्डको इलेक्ट्रोनिक स्कुटर जीरो प्रतिशत ईएमआईमा पाउने ब्यवस्था गरेको छ । माछापुच्छ्र्रे बैंकले बीएचसी इन्टरनेशनल प्रालिसँग सम्झौता गरि बैंकको इन्टापे सुविधामार्फत इलेक्ट्रोनिक ओकिनाव स्कुटर जीरो प्रतिशत ईएमआईमा पाउने व्यवस्था गरेको हो । उक्त सम्झौतापत्रमा बीएचसी इन्टरनेशनल प्रालिको तर्फबाट प्रबन्धक निर्देशक हासिम अन्सारी तथा माछापुच्छ्रे बैेंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्लिराम गिरीले हस्ताक्षर गर्नुभएको थियो । पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भईरहेको अहिलेको परिवेशमा विद्युतीय सवारी साधानको प्रयोगमा जोड दिने उद्देश्य एवं वातावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको हो ।
बीएचसी इन्टरनेशनल प्रालिसँगको सम्झौतापछि बैंकका ग्राहकहरुले ६ देखि १८ महिनासम्मका लागि जीरो प्रतिशत ईएमआईमा इन्टा पेमार्फत ओकिनाव ब्रान्डको इलेक्ट्रोनिक स्कुटर खरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्ट्रा पेबाट पाउन सक्नेछन् । साथै बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरुले अनलाइनमार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा बीएचसी इन्टरनेशनल प्रालिको नेपालस्थित सबै सो रुममार्फत प्रदान गरिनेछ ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।
माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ बटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ८ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३७ स्थानवाट १३ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०५ बटा एटीएमहरु संचालनमा रहेको छन् ।
माछापुच्छ्र्रे बैंकका ग्राहकले ओकिनावा स्कुटर जिरो प्रतिशतमा ईएमआईमा पाउने
आर्थीकसंसार संवाददाता१३ वैशाख, २०७९
१३ वैशाख, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?