काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख महिनामा तोकिएको टार्गेट पुरा गर्ने अभिकर्ता बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण र सुकुटे बीचमा र्याफ्टिङ्का लागि लैजाने भएको छ ।
बैशाख महिनामा न्युनतम ५ लाख रुपैयाँ भन्दा माथि प्रथम बीमा शुल्क आर्जन गर्नेलाई बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण वा सुकुटे बीचमा र्याफ्टिङ्का लागि लैजाने छ । त्यस्तै न्युनतम २५ हजार रुपैयाँदेखि एक लाख ७० हजार रुपैयाँसम्म प्रथम बीमा शुल्क आर्जन गर्ने मध्ये २५ जनालाई गोलाप्रथाबाट भ्रमण वा र्याफ्टिङ्मा लैजाने छ । जसमा न्युनतम २५ हजार रुपैयाँ आर्जन गर्नेलाई तीन वटा कुपन दिनेछ । त्यस्तै ५० हजार रुपैयाँ आर्जन गर्नेलाई ५ वटा कुपन, ७५ हजारलाई ८ वटा र एक लाखलाई १० वटा र एक लाख ७० हजारलाई १५ वटा कुपन दिनेछ । यसरी कुपन प्राप्त गर्ने मध्ये २५ जना भ्रमणमा जान पाउने छन् ।
तीन लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले डायरी, एक्सरसाइज साइकल र थप २ हजार नगद पाउने छन् । कम्पनीले बीमा शुल्क आर्जनका आधारमा विभिन्न सुविधा दिने जनाएको छ । अधिकतम १२ लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्तालाई डायरी तथा आफ्ना परिवारका सदश्यलाई समेत भ्रमणमा लैजान सक्ने छन् । यो स्किम बैशाख एक गतेदेखि ३१ गतेसम्मका लागि मात्रै लागु हुनेछ ।
नेशनल लाइफले टार्गेट पुरा गर्ने अभिकर्तालाई बर्दिया राष्ट्रिय निकुञ्ज र सुकुटे बीचमा र्याफ्टिङ् गराउने
आर्थीकसंसार संवाददाता८ वैशाख, २०७९
८ वैशाख, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?