News Portal

  • आरएसडिसी लघुवित्त र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबिच सम्झौता

    आर्थीकसंसार संवाददाता८ वैशाख, २०७९
    ९४९ पटक
    ८ वैशाख, २०७९

    काठमाडौं । वेरोजगार युवाहरुलाई स्वरोजगार मूलक व्यावसायिक परियोजना सञ्चालनको लागि वित्तिय सहयोग गर्दै आएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र आरएसडिसी लघुवित्तबीच सम्झौता भएको छ ।
    कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र आरएसडिसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
    हस्ताक्षरको क्रममा आरएसडिसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलले वित्तीय संस्थाले सहकारी संस्थाहरु मार्फत थोक कर्जा प्रवाह गरि रोजगारी सृजना गर्न सघाउ पुग्ने बताए ।
    कोषले निर्धारण गरेको लक्षित वर्गका वेरोजगार युवाहरु तथा विदेशबाट सीप आर्जन गरेर स्वदेश फर्केका निम्न वर्गिय परिवारका युवाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर अर्थतन्त्र बनाउन यस सम्झौताले सघाउ पुर्याउने कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले बताए ।

    प्रतिकृया दिनुहोस्