News Portal

  • ज्योति विकास बैंकद्वारा सीसीटीभी क्यामेरा हस्तान्तरण

    आर्थीकसंसार संवाददाता८ वैशाख, २०७८
    ७४३ पटक
    ८ वैशाख, २०७८

    काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत काठमाडौं महानगरीय प्रहरी वृत लैनचौरलाई सिसिटिभि क्यामेराहरु हस्तान्तरण गरेको छ ।
    लैनचौर प्रहरी वृतमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले संयुक्त रुपमा महानगरीय प्रहरी वृत लैनचौरका प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद दाहाललाई सिसिटिभी क्यामेरा हस्तान्तरण गर्नुभएको हो । बैंकले महानगरीय प्रहरी वृत कार्यालयको हिरासतमा रहेका थुनुवाहरुको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्ने कार्यलाई सहयोग पु्र्याउने हेतुले सो सहयोग गरेको हो ।
    नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नका लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ ।
    यस बैंकले हाल ११६ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्