आर्थीकसंसार संवाददाता३० चैत्र, २०७८
३० चैत्र, २०७८काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त हुनु भएको छ । मिति २०७८ चैत्र ३० गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उहाँ यसअघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।