काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी ‘मेरो अटो मोटर र्याली’को मुख्य प्रायोजक भएको छ । हिजो चैत २८ गते सोमबार मुख्य प्रायोजक सम्बन्धी सम्झौंतामा अटोमोटिभ्स प्रालि र कम्पनीबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा अटो मोटिभ्सका निर्देशक उज्वल घिमिरे र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका निमित्त कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका हुन् ।
सम्झौंतासँगै अब र्यालीको नाम ‘प्रभु लाइफ इन्स्योरेन्स प्रिजेन्ट्स मेरो अटो मोटर र्याली’ रहने छ । आगामी बैशाख ९ गते शुक्रबार विहान काठमाडौंबाट सुरु हुने उक्त र्यालीमा ५० भन्दा बढि ४ पाङ्ग्रे सवारीमा १०० भन्दा बढि व्यक्तिहरु सहभागी हुने छन् ।
उक्त र्याली काठमाडौं बत्तीसपुतलीबाट सुरु भएर बनेपा, धुलिखेल, भकुन्डेबेसी, नेपालथोक हुँदै मुलकोटमा पुगेर समाप्त हुनेछ । र्यालीमा नेपालको अटोमोवाइल, कर्पोरेट, बैकिङ, इन्स्योरेन्स तथा उद्यमीहरुको सहभागीता रहनेछ । ‘
ड्राइभ सेफ नाउ, इन्जोय आफ्टर वाड्स’ ट्यागलाइन सहित आयोजना हुने र्यालीमा सडक सुरक्षा र हाइवेमा सुरक्षीत तरिकाले सवारी चलाउने उपायहरु समेत सिक्न सकिन्छ । अटो मोटिभ्स प्रालिले गत वर्षबाट यो र्यालीको आयोजना गर्दै आएको छ ।
प्रभु लाइफ इन्स्योरेन्स बन्यो मेरो अटो मोटर र्यालीको मुख्य प्रायोजक
आर्थीकसंसार संवाददाता२९ चैत्र, २०७८
२९ चैत्र, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?