काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रचलनमा ल्याएको आरोग्य स्वास्थ्य बीमा योजनाले बीमितलाई एउटै बीमालेखमार्फत् दुर्घटना, स्वास्थ्य र गम्भीर प्रकृतिका रोगविरुद्ध उपचार खर्चको सुविधा उपलब्ध गराएको छ। आरोग्य स्वास्थ्य बीमा योजना अन्तर्गत बीमितले एउटै बीमालेखमार्फत् सस्तो शुल्कमा दुर्घटना बीमा, स्वास्थ्य उपचार खर्च बीमा र गम्भीर प्रकृतिका रोगको उपचार खर्च उपलब्ध गराउने बीमा सेवा प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।
ईच्छुक व्यक्तिले कम्पनीको वेबसाइट वा एप्समार्फत् नै अभिकर्ताको मध्यस्थता बिना नै बीमालेख खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार एक वर्ष अवधिको लागी १ हजार ६ सय रुपैयाँ भुक्तानी गरेर ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, एक एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा र घातक रोगको उपचार खर्च बीमा खरिद गर्न सकिन्छ ।
वर्षको ३ हजार रुपैयाँ भुक्तानी गरेर १० लाखको दुर्घटना बीमा, दुई दुई लाखको स्वास्थ्य बीमा र घातक रोगको उपचार खर्च बीमा सुविधा उपलब्ध छ । त्यसैगरी वर्षको ८ हजार रुपैयाँ बीमाशुल्क भुक्तानी गरेर १० लाखको दुर्घटना बीमा, ५ लाखको स्वास्थ्य उपचार खर्च बीमा र १० लाखको घातक रोग उपचार खर्च बीमा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
सगरमाथा इन्स्योरेन्समा दैनिक साढे चार रुपैयाँ बीमाशुल्कमै ७ लाखको दुर्घटना बीमा
आर्थीकसंसार संवाददाता२४ चैत्र, २०७८
२४ चैत्र, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न