काठमाडौं । नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा गरिदिएको छ । वानदेखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणीका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाखका दरले बक्सिङ संघले बीमा गरिदिएको हो । ललितपुरको ग्वार्काेस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको बीमा गरिएको संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।
बीमाको अवधि भदौ १५ गतेदेखि १ वर्षसम्मका लागि कायम रहने छ । बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रशिक्षकको बीमाको पत्र बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर तथा निर्णायकहरुको पत्र एसियाडका काँंस्य पदक विजेतासमेत रहेका संघका प्रविधिक कमिटीका संयोजक एवं थ्री स्टार कोच दीपक महर्जनलाई सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी हस्तान्तरण गरे ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी १६ खेलाडी र २ प्रशिक्षकको बीमा भने यसअघि नै बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले गरिदिएका छन् ।
बीमा गरिएका प्रशिक्षकहरुमा दीपक महर्जन, ओमकुमार मास्के, डम्बरदत्त भट्ट, हरिशबहादुर चन्द, किशोर खत्री, उमेश लामा, किशोर लिम्बू, विद्याप्रसाद मर्सानी, दीपक राई, गोपाल श्रेष्ठ, प्रचण्ड शर्मा, लालबहादुर पौडेल, रेमशदास श्रेष्ठ, निमा तामाङ, राज श्रेष्ठ, अतुल घानी, अनुपकुमार लामा, विष्णुबहादुर सिंह, टंकबहादुर बुढा मगर, हरिचन्द्र खड्का, साजन लघु, डम्बरबहादुर लिम्बू, निशा लोहला, कृष्णुन्दर प्रजापति, सुमन शर्मा बन्जारा, तेजबहादुर थापा मगर, किरण थापा, विनोद शेरचन, दिलिपसिंह ठकुरी, राजु थापा, सागरशमशेर थापा र मानबहादुर गुरुङ रहेका छन् ।
निर्णायकहरुमा रामचन्द्र थापा मगर, सन्तोष कार्की, सचिन राउत, तारेराम श्रेष्ठ, रेमश श्रेष्ठ, राजुकुमार महर्जन, धनकुमार मैनाली, अनुराधा लामा, प्रमिला राई, इन्द्रबहादुर श्रेष्ठ, देवेन्द्र महर्जन, अनिलप्रसाद दाहाल, सुनिता महर्जन, शेरबहादुर साहु, राजन प्रजापति, दिनकलाल श्रेष्ठ, जीवन कवा, दिनेश बासुकला, विजयसिंह डंगोल र राजुकृष्ण महर्जन छन् ।
अध्यक्ष अवालेले क्रमैसँग आठौं राष्ट्रिय खेलकुदका पदक विजेता, अन्तर्राष्ट्रिय पदक विजेता र ओलम्पियन बक्सिङ खेलाडीको पनि कोरोना विमा गरिदिने प्रतिबद्धता जनाएका छन् ।
बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना विमा
आर्थिकसंसार संवाददाता१८ भदौ, २०७७
१८ भदौ, २०७७- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता