काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले बाग्मती प्रदेश अन्तर्गत हाकिम चोक, भरतपुर, चितवनमा दोश्रो प्रदेश स्तिरीय पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ९० जना भन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने तथा लगानी सम्बन्धी निर्णय लिदाँ ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा बिस्तृत जानकारी गराएका थिए ।
मर्चेण्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाडौं उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरबाट कसरी मर्चेण्ट बैंकहरुले उपलब्ध गराएको सेवा लिन सकिन्छ र नयाँ लगानीकर्ताहरुलाई सहज रुपमा पूँजबारमा आबद्ध भई सुरक्षित रुपमा शेयर कारोवार गर्न सकुन भन्ने मुख्य उद्देश्यका साथ उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थिती रहेको थियो । क्यापिटलले आगामी दिनमा सोही प्रकृतिको साक्षरता कार्यक्रम अन्य प्रदेशहरुमा समेत गर्ने जनाएको छ ।
एनआइसी एशिया क्यापिटलको दोश्रो प्रदेश स्तिरीय पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता१२ चैत्र, २०७८
१२ चैत्र, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?