काठमाडौं । सिटिजन्स बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, बृद्धाआश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुमा ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । आउँदै गरेको बैशाख ७ गते बैंकले १५औँ वार्षिकोत्सव मनाउदै छ ।
बैंकले जाजरकोट जिल्लाको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय, सिमिकोट जिल्लाको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालय, डोल्पा जिल्लाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगु जिल्लाको माहाकाली मोडल हाई स्कूल तथा नेपाल राष्ट्रिय आधारभूत स्कूल बालमन्दिर प्रत्येकलाई ५० हजार रुपैयाँ सहयोग गरेको हो ।
जुम्ला जिल्लाको जनता माध्यमिक विद्यालय (प्राबिधिक धार)लाई १ लाख, हुम्ला जिल्लाको लालिगुँराश मा।वि, कोट मा।वि तथा हिमज्योती मा.वि प्रत्येकलाई ३३ हजार ३ हजार हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकले हुम्ला जिल्लाको हिमालयन चिल्ड्रेन सोशाईटी, कैलाश मानशरोभर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेत जिल्लाको साझा घर प्रत्येकलाई ५०/५० हजार सहयोग गरिएको छ ।
साथै बैंकले डोल्पा जिल्लाको जिल्ला हस्पिटल डोल्पा र सुर्खेत जिल्लाको प्रशान्ति वुद्धाश्रम केन्द्रलाई ५०/५० हजार सहयोग गरेको जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंकको आर्थिक सहयोग
आर्थीकसंसार संवाददाता८ चैत्र, २०७८
८ चैत्र, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?