News Portal

  • एनएमबि बैंकले अनलाईनबाटै डिम्याट, मेरो सेयर र सीआरएन सेवा दिने

    आर्थीकसंसार संवाददाता२ चैत्र, २०७८
    ५९२ पटक
    २ चैत्र, २०७८

    काठमाडौं । एनएमबि बैंकले अनलाइन सेवा सुविधालाई थप विस्तार गरेको छ । बैंकले यस अन्तर्गत भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो सेयर र सिआरएन पनि अनलाईनबाट नै लिन सकिने सेवा सुरु गरेको हाे ।
    ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्नेछन् ।
    एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ ।
    एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्