News Portal

  • नेपाल लाइफको १ करोड १५ लाख कित्ता सधारण सेयर थपिने

    आर्थीकसंसार संवाददाता२९ फागुन, २०७८
    ७०९ पटक
    २९ फागुन, २०७८

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १ करोड १५ लाख कित्ता साधारण सेयर थपिने भएको छ । हाल कम्पनीमा २ करोड ८७ लाख कित्ता साधारण सेयर रहेको छ । बोनस सेयर निष्काशन र प्रवर्द्धक सेयर साधारण सेयरमा परिणत पछि कम्पनीको साधारण सेयर ४ करोड २ लाख कित्ता हुनेछ ।
    कम्पनीले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । हाल कम्पनीको चुक्ता पुँजी करिव ७ अर्ब २० करोड रुपैयाँ छ । बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ हुने भएको छ ।
    बोनस सेयर वितरण पछि कम्पनीले ९ प्रतिशत प्रवर्द्धक सेयर साधारण सेयरमा परिणत गर्ने भएको छ । हाल कम्पनीमा ६० प्रतिशत प्रवर्द्धक र ४० प्रतिशत साधारण सेयर रहेको छ ।
    फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले ९ प्रतिशत प्रवर्द्धक सेयरलाई साधारण सेयरमा परिणत गर्ने निर्णय गरेको छ । प्रवर्द्धक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत बनाउने प्रस्ताव कम्पनीले वार्षिक साधारणसभामा पेश गर्दैछ । कम्पनीले चैत २१ गते साधारणसभा गर्ने निर्णय पनि गरेको छ ।
    कुनै पनि कम्पनीको साधारण सेयर थपिएपछि बजार मूल्य घट्ने गरेको छ । हाल कम्पनीको सेयर प्रतिकित्ता १२०० देखि १३०० को बीचमा कारोबार भैरहेको छ । विगत ५२ हप्तामा यस कम्पनीको अधिकृत मूल्य प्रतिकित्ता ३००० रुपैयाँसम्म पुगेको थियो ।

    प्रतिकृया दिनुहोस्