News Portal

  • ग्लोबल आइएमई बैंकको मोबाइल एपबाट नेपाल आइडलमा भोट गर्न सकिने

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०७८
    ७६३ पटक
    २३ फागुन, २०७८

    काठमाडाैं । ग्लोबल आइएमई बैंकको मोबाइल एपबाट नेपाल आइडलमा भोट गर्न सकिने भएकाे छ । ग्लोबल आइएमई बैंकका ग्राहकले बैंककाे एप ग्लोबल स्मार्ट प्लस प्रयाेग गरी नेपाल आइडल सिजन ४ का आफूलाई मनपरेको प्रतियोगीलाई भोट गर्न पाउने भएका हुन् ।
    बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई ‘विजयी भव’ भनि जितका लागि आशिर्वाद दिन सक्ने व्यवस्था गरेको छ ।
    सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
    त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामासमेत महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्