News Portal

  • पूर्वाधार विकास बैंकले प्राथमिक पुँजी बराबरकै डिभेञ्चर जारी गर्न पाउने

    आर्थीकसंसार संवाददाता११ फागुन, २०७८
    ५१४ पटक
    ११ फागुन, २०७८

    काठमाडौं । पूर्वाधार विकास बैंकलाई स्रोत परिचालनमा सहजता प्रदान गरिएको छ । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म डिभेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्ने बाटो खोलिदिएको हो ।
    राष्ट्र बैंकले निर्देशन जारी गर्दै पूर्वाधार विकास बैंकले आफ्नो प्राथमिक पुँजी बराबर नै डिभेञ्चर वा अन्य ऋण उपकरण जारी गर्न पाउने भनेको छ । तर, यसका लागि राष्ट्र बैंकले विभिन्न शर्तहरु तोकेको छ । राष्ट्र बैंकले यसअघि वाणिज्य बैंकहरुको हकमा पनि यस्तै व्यवस्था गरेको थियो ।
    राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थापछि पूर्वाधार विकास बैंकले विभिन्न उपकरण जारी गरेर स्रोत परिचालन गर्न पाउने छ । राष्ट्र बैंकले अबदेखि पूर्वाधार विकास बैंक र अन्य वाणिज्य बैंकहरुलाई समान व्यवहार गर्ने संकेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्