काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ र ‘एभरेष्ट बैंक लिमिटेड’बाीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताको निम्ती गरेको यस सम्झौतापश्चात उपभोक्ताले आइएमई पे मोबाईल वालेट एपमा एभरेष्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू आइएमई पे एपमा प्रयोग गर्न सक्ने छन् ।
हालसम्म नेपालको १४ वटा बैंकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेले यस लिङ्क–अपका निःशुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फर लगायतका फाइदाहरू रहेका छन् ।
आइएमई पेमा बैंक लिङ्क गरेपश्चात उपभोक्ताले आफ्नो सुविधाअनुसार एभरेष्ट बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्ने गरी सिस्टमलाई अध्यावधिक गरिएको छ भने आइएमई पेमा बैंक लिङ्क गरेपश्चात उपभोक्ताले सिधै आइएमई पेको पिन नं. राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) लगायतका सुविधा उपलब्ध हुनेछन् । यसका अतिरिक्त आफ्नो एभरेष्ट बैंकमा रहेको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।
आइएमई पे
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।
एभरेष्ट बैंक
सन् १९९४ मा स्थापना भएको एभरेष्ट बैंक लिमिटेड नेपालको भरपर्दो र व्यवसायिक कार्यक्षमता भएको बैंक मानिन्छ । भारतको पञ्जाब नेशनल बैंकसँग संयुक्त साझेदार रहेको यस बैंकले सेवाग्राहीको साथै समाजको अरु क्षेत्र, जस्तै व्यापार, कृषि तथा उद्योगमा पनि लगानी तथा अरु वत्तीय सुविधाहरू प्रदान गर्दै आएका छ । एभरेष्ट बैंकको नेपालभरी ९८ वटा शाखाहरू, १ सय २८ वटा एटिएम बुथहरू, ३१ वटा राजस्व संकलन र ३ विस्तारित काउन्टरहरु रहेको छ ।
आइएमई पे र एभरेष्ट बैंकबीच सम्झौता
आर्थीकसंसार संवाददाता२ फागुन, २०७८
२ फागुन, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने