News Portal

  • काठमाडौंमा एशियन लाइफको अभिकर्ता संगठन निर्माण

    आर्थीकसंसार संवाददाता१ फागुन, २०७८
    ८१९ पटक
    १ फागुन, २०७८

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत अभिकर्ताहरुले काठमाडौंमा संगठन निर्माण गरेका छन् । पेशागत बीमा अभिकर्ता संघ अन्तर्गत रहेको एशियन लाईफ इन्स्योरेन्स बिमक समितिले उपत्यकालाई प्रतिनिधित्व गर्दै प्रतिनिधिहरु चयन गरेको हो ।
    एशियन लाईफ इन्स्योरेन्स कम्पनी बिमक समितिका केन्द्रिय सचिव सन्तलाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले १५ सदस्यीय कमिटि गठन गरेको हो ।
    उपत्यका कमिटिको संयोजकमा भोजराज तिमिल्सेना, सह–संयोजक भिम बहादुर कुँवर, सचिवमा कमल प्रसाद जोशी, सहसचिवमा जर्सीराम बिक, कोषाध्यक्षमा उर्मिला गुरुङ्ग, सदस्यहरुमा हर्कबहादुर रावल, जयराम जोशी, रामहरी अधिकारी, रामु श्रेष्ठ, विपिन ज्वालानन्द शर्मा, रत्न वानियाँ, शुभराजा केसी, दिनेश कुमार स्वाँर र यम नारायण श्रेष्ठ लगायतका रहेका छन ।

    प्रतिकृया दिनुहोस्