काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७८÷७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार सबै सूचकमा प्रगति गरेको देखिन्छ ।
कम्पनीले समिक्षा अवधिसम्ममा ६७ करोड ९१ लाख ५१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षकोे सोही अवधिमा ४७ करोड २८ लाख ७६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ४३ दशमलव ६३ प्रतिशतले बढी हो ।
१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड २८ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १४ करोड ७४ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ७३ करोड ७४ लाख रुपैयाँ संचित रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब १३ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको महा विपत्ति कोषमा २ करोड ५९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफामा सामान्य बृद्धि भएको छ ।
त्यसैगरी कम्पनीले यस अवधिमा ७ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९० लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी धेरै गुणा बृद्धि गरेको छ ।
जीवन बीमा कम्पनीहरुको मुनाफा लगायतको वित्तिय विवरणहरु लेखापरिक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।
महालक्ष्मी लाइफको नाफामा सामान्य सुधार हुँदा खुद बीमाशुल्क ४३५ ले बढ्यो
आर्थीकसंसार संवाददाता२४ माघ, २०७८
२४ माघ, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न