काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा कम्पनीको प्रधान कार्यालय मैतिदेबी, काठमाडौंबाट भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सभाले संचालक समितिबाट प्रस्तावित र बीमा समितिबाट स्वीकृत २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभामा लाभांश वितरण, २०७६/७७ को वासताल, नाफा नोक्सान हिसाब लगायत वित्तीय विवरणमा छलफल गरी पारित गरेको छ ।
साधारण सभाले हाल कायम रहेको २ अर्ब १ करोड चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुने ५० करोड २६ लाख ९० हजार रुपैयाँको बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गरी पारित गरेको छ । त्यसैगरी बोनश शेयरको लागि शेयरधनीले भुक्तानी गर्नुपर्ने लाभकरवापतको रकम भुक्तानी गर्नको लागि २ प्रतिशत नगद लाभांश वापत ४ करोड २ लाख १५ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव पनि पेश गरी पारित गरेको कम्पनीले जनाएको छ ।
साथै बाह्य लेखापरिक्षक आर ए एस एशोसिएसट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन, एशियन क्यापिटलमार्फत् सामूहिक लगानी कोष संचालन गर्न नियामक निकायबाट स्वीकृत लिने , प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधनको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।
त्यसैगरी सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक सहायता प्रदान गर्दा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
एशियन लाइफको १३औं वार्षिक साधारण सभा सम्पन्न
२७% लाभांश वितरण गर्ने प्रस्ताव पारित
आर्थीकसंसार संवाददाता२१ माघ, २०७८
२१ माघ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न
- नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण