काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनिले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–१४ निवासी लोकबहादुर विकको परिवारलाई बीमाङ्क रकम १ लाख रुपैयाँ र आर्जित बोनश वापतको रकम १२ हजार ९ सय गरी जम्मा १ लाख १२ हजार ९ सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।
निजले सन नेपाल लाइफ गुल्मी शाखामा दुई वर्ष अघि १ लाख बीमांकको नवीन आजीवन बीमा पोलिसी खरिद गरेका थिए । कृषि कर्म गर्दै आइरहेका विकको घरमै अचानक मृत्यु भएको थियो । कम्पनीले उक्त रकम बरावरको चेक बीमित स्व. लोकबहादुर विकको श्रीमती सावित्रा विकलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।
बीमितलाई सहज तरिकाले सेवा दिनको लागि कम्पनीले आफ्नो शुरुवाती दिनदेखि नै प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले विभिन्न बीमा योजनाहरुमार्फत आफ्ना बीमितहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रममा वडा सदस्य भविश्वर गौतमले सहज तरिकाले बीमितलाई मृत्यु दावी भुक्तानी दिएकोमा सन कम्पनीलाई धन्यवाद दिँदै सबैले आफ्नो क्षमताअनुसार जीवन बीमा गर्नुपर्ने बताए ।
त्यस्तै, कार्यक्रमा गुल्मी कार्यालय प्रमुख सन्तोष कुँवर क्षेत्रीले देशवासी सम्पूर्ण जनताले जीवन बीमाको महत्व समयमा नै बुझी जीवन बीमा गराएमा, बीमा मान्छेको बुढेसकालको साहारा हुने, आर्थिक सुरक्षा हुने, आश्रित परिवारको सुरक्षा हुनका साथै अवको १५/२० वर्षमा कोही पनि गरिवीमा छटपटाउनु पर्ने स्थिति सिर्जना नहुने भएकाले समयमै आफ्नो क्षमता अनुसार बीमा गर्नुपर्ने बताए ।
कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको सन नेपाल लाइफ इन्स्योरेन्सले २०७४/०४/१८ गते आश्विन ६ गते सामाजिक सेवा दिवसको अवसरमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको हो ।
कार्यक्रममा वडाका जनप्रतिनिधि, समाजसेवी, शिक्षक, सन नेपाल लाईफ गुल्मीका अभिकर्ता तथा मार्केटिङ्ग म्यानेजरहरुको उपस्थिति रहेको थियो ।
सन नेपाल लाइफद्वारा मृत्यु दावी भुक्तानी
आर्थीकसंसार संवाददाता१६ माघ, २०७८
१६ माघ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन