काठमाडौं । जन्मदिन भन्ने बितिक्कै जमघट, केक, पार्टी र मिठामिठा परिकार तथा गिफटहरुमा रमाइलो गर्ने चलन छ । तर पछिल्लो समय कोरोनाको कारण जमघट र फजुल खर्चमा नियन्त्रण गरी बीमा गर्ने गराउने कार्यले प्राथमिता पाएको छ ।
यसैबिच मकवानपुरको कैलाश गापा–१० नामटार गैरीगाउँ बस्ने सुनिता तामाङ्गले छोराको जन्मदिनमा एशियन लाइफको उच्च शिक्षा योजना बीमा पोलिसी उपहार दिएकी छिन् । तामाङ्गले छोरा सनिश थिङ्गलाई जन्म दिनको अवसर पारी १० लाखको बीमा पोलिसी उपहार दिएकी हुन् ।
एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय हेटौडाबाट २० वर्षे बाल उच्च शिक्षा योजना १० लाखका सुचारु गरिएको अभिकर्ता हिरामाया मोक्तानले बताइन् । जन्म दिनलाई विशेष बनाउनुको साथै बच्चाको उच्च शिक्षा खर्च व्यवस्थापनको लागि जन्म दिनमा बीमा पोलिसी उपहार अत्यन्त राम्रो हुने सेनियर एजेन्सी राजु साहले सुझाए पश्चात उक्त गराउन सफल भएको अभिकर्ता मोक्तानले बताइन् ।
एउटै बिमालेखबाट अभिभावक र बच्चा दुवैको जोखिम बहन हुने, बच्चा १६ देखि २० वर्ष सम्म अग्रिम भुक्तानी पाउने साथै अन्त्यमा शत प्रतिशत बोनश दिने भएकोले यस बीमा पोलिसीले उच्च शिक्षामा महत्वपूर्ण भूमिका खेल्ने शाखा कार्यालय हेटौंडाका शाखा प्रबन्धक डिल्लीराम तिवारीले बताए ।
जन्म दिनमा सुनिताले छोरालाई दिइन् १० लाखको बीमा पोलिसी उपहार
आर्थीकसंसार संवाददाता१६ माघ, २०७८
१६ माघ, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न