काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आफ्नो १९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ ११ गते सबेको संचालक समितिको बैठकले फागुन ११ गते साधारण सभा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजेबाट शुरु हुने कम्पनीले जनाएको छ । कोरोना संक्रमनको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट हुनेछ ।
सभामा कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन २०७६/ ७७ प्रस्तुत गरी अनुमोदन गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६ /७७ को वासलात, आय व्यय र सोही अवधिको नगद प्रवाह लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ ।
सभाले प्रस्तावित २० प्रतिशत बोन शेयर र कर प्रयोजनका लागि समेत गरी १ दशमलव ०५२६३१५६९ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले लेखापरीक्षण समितिको प्रस्तावित आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले संस्थापक शेयरधनीको आफ्नो स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, बोनश शेयर पछि कायम हुने पूँजी बृद्धिका सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने क्रममा निकायहरुले आवश्यक सुझाम वा निर्देशन दिएमा सोही अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने, संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को निर्देशन बमोजिम प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक अनुमोदन गर्ने र अध्यक्षको अनुमतिले अन्य कुनै विषयमाथि छलफल गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ २४ गतेदेखि फागुन ११ गतेसम्म शेयर दाखिला खारेजको काम बन्द हुने जनाएको छ । त्यसकारण माघ २३ गतेसम्म् नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
लाभांश पारित गर्न एलआइसी नेपालले बोलायो एजिएम
आर्थीकसंसार संवाददाता१६ माघ, २०७८
१६ माघ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?