काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख बराबरको घातक रोग विरुद्धको दावी रकम इस्मा गा.पा. वडा नं. ४ गुल्मीका बीमित मधु खत्रीलाई हस्तान्तरण गरेको छ । खत्रीले रु १० लाख बीमाङ्कको बीमालेख लिएको १ बर्ष बिते लगत्तै मृगौला फेल भएको र कम्पनीले १८ घातक रोगहरु को रक्षावरण हुने गरी घातक रोग सुविधा प्रदान गर्ने गरेकोमा निज खत्रीले बीमाशूल्क रकममा थप रु. १६९० भुक्तान गरी घातक रोग सुविधा लिएकोले कम्पनीले घातक रोग बापतको बीमाङ्क रु. १० लाख खत्रीलाई हस्तान्तरण गरेको हो । उक्त दावी पश्चात पनि उनको पोलिसीमा घातक रोग बाहेको सम्पूर्ण सुविधा यथावत रहि निरन्तर रहने कम्पनीले जनाएको छ ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकाल, दावी बिभाग प्रमुख राजु राजचल र दावी बिभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा मधु खत्रीलाई प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का ज्यूले चेक हस्तान्तरण गरेका थिए । घातक रोग विरुद्धको यस सुविधा बापत प्राप्त उक्त रकमले उहाँको उपचारमा सहयोग पुग्ने कुरामा कम्पनी विश्वसत रहेको कुरा प्रमुख कार्यकारी अधिकृत ले जानकारी गराएका थिए ।
सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको दावी भुक्तानी
आर्थीकसंसार संवाददाता१३ माघ, २०७८
१३ माघ, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न