काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको पहिलो सामुहिक लगानी योजना – एनआईबिएल समृद्धि फण्ड–१ मिति २०७८/०९/२२ गते परिपक्व भएको थियो । तसर्थ योजना खारेजीमा लैजाने क्रममा एनआईबिएल समृद्धि फण्ड –१ को स्वामित्वमा रहेको साधारण शेयरहरु/ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त साधारण शेयरहरु न्यूनतम मूल्य रु. १००/– को दरले तथा ऋणपत्रहरु न्यूनतम मूल्य रु. १०००/– को दरले बोलकबोलको माध्यमबाट आवेदन दिन सकिने जनाइएको छ ।
साथै, शेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, सघं संस्थाहरुले, मिति २०७८ माघ १३ गते देखि मिति २०७८ माघ २० गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आफूले लिन चाहेको शेयरहरु/ऋणपत्रहरु दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत् आवेदन पेश गर्न सकिने जनाइएको छ ।
एनआईबिएल समृद्धि फण्ड –१ ले शेयर तथा ऋणपत्र लिलामी मार्फत विक्री गर्दै
आर्थीकसंसार संवाददाता१३ माघ, २०७८
१३ माघ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन