News Portal

  • महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७८
    ७०५ पटक
    १२ माघ, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने भाटभटेनी मनी ट्रान्सफरसँग सम्झौता गरेको छ ।
    उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् ।
    यस सम्झौतापश्चात ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरुमार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।
    अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् ।
    बैकले हालसम्म २८ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दति योजना संचालनमा ल्याएको छ । हाल यस योजनाअन्तर्गत ११.३५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ ।
    यस बैंकले कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्