काठमाडौं । पछिल्लो ६ महिनामा नेपाल बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृति वित्तीय विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको तुलनामा ४.९३ बढी हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद नाफा बढेपनि प्रतिसेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१.३७ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी घटेर १९.६७ रुपैयाँमा सीमित भएको छ । त्यस्तै, पीई रेसियो बढेर १९.३७ गुणा पुगेको छ भने प्रतिसेयर नेटवर्थ घटेर २३८.१२ रुपैयाँमा झरेको छ ।
हाल बैंकको चुक्ता पुँजी १४ प्रतिशतले बढेर १४ अर्ब ४० करोड रुपैयाँ छ । जगेडा कोषको रकम भने घटेर १९ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ । त्यस्तै, वाणिज्य बैंकमध्ये नेपाल बैंक बढी निक्षेप संकलन गर्नेको पाँचौ स्थानमा पर्न सफल भएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन एक खर्ब ८२ करोड रुपैयाँ र कर्जा लगानी १ खर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको निष्कृय कर्जा भने घटेर १.९१ प्रतिशतमा झरेको छ ।
नेपाल बैंक निक्षेपमा ‘टप फाइभ’मा पर्न सफल
आर्थीकसंसार संवाददाता१० माघ, २०७८
१० माघ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?