काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ । उक्त नयाँ पोलिसीको उक्तघाटन कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु निष्ठा प्रधानाङ्ग, सजल मास्के, अच्यूतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईंले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । बीमा समितिले जारी गरेको जीवन बीमालेख निर्देशिका २०७८ अन्तर्गतको प्रावधानलाई समेट्दै एशियन लाइफले नयाँ जीवन बीमा योजना ल्याएको हो ।
यस जीवन बीमा योजनामा बच्चा जन्मेदेखि १७ वर्ष उमेर सम्मको बालबालबालिको ५ देखि २५ वर्ष अवधिसम्मको लागि बीमा गर्न सकिनेछ । यसको न्यूनत्तम बीमाङ्क ५० हजारदेखि अधिकतम बीमाङ्क प्रस्तावकको आर्थिक अवस्थाको आधारमा निर्धारण गर्न सकिने सुविधा रहेको छ ।
यस योजनामा बीमा अवधिभर बीमित जीवतै रहेमा बीमा अवधिको समाप्तीमा बीमाङ्क र बोनश रकम एकमुष्ठ भुक्तानी गरिनेछ । जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमकले प्राप्त गरेको अतिरिक्त बीमाशुल्कबाहेक सम्पूर्ण बीमाशुल्क फिर्ता दिइनेछ । जोखिम प्रारम्भ हुनु अगावै प्रस्तावकको मृत्यु भएमा र बीमितको कानुनी संरक्षकले बीमालेख रद्द गर्न लिखित अनुरोध गरेमा बीमकले प्राप्त गरेको सम्पूर्ण बीमाशुल्क फिर्ता दिनेछ ।
त्यसैगरी जोखिम प्रारम्भ भएपछि बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्कको २५ (पच्चीस) प्रतिशत रकम तत्काल भुक्तानी गरिनेछ । बीमाङ्कको ७५ (पचहत्तर) प्रतिशत रकम व्याजसहित र मृत्यु हुँदासम्मको आर्जित बोनश एकमुष्ठ रकम बीमा अवधि समाप्ती भएपछि भुक्तानी दिइनेछ ।
यस बीमा योजनामा अतिरिक्त बीमा शुल्क वापत बीमा शुल्क छुट सुविधा, मासिक आय सुविधा र अग्रिम जोखिम बहन सुविधासमेत रोज्न सकिनेछ । अग्रिम जोखिम बहन सुविधा अन्तर्गत ४ वर्ष भन्दा मुनिका बालबालिकाको जोखिम बहन, बीमा प्रारम्भ मितिले न्यूनतम २ वर्षपश्चात सुरु गर्न सकिने कम्पनीले जनाएको छ ।
एशियन लाइफको नयाँ जीवन बीमा योजना सार्वजनिक
आर्थीकसंसार संवाददाता९ माघ, २०७८
९ माघ, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०