News Portal

  • लुम्बिनी विकास बैंकको थप नयाँ दुई शाखा कार्यालयहरुको शुभारम्भ

    आर्थीकसंसार संवाददाता३ माघ, २०७८
    ९६३ पटक
    ३ माघ, २०७८

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले मिति २०७८ माघ ०३ गते देखि थप दुई शाखाहरुको शुभारम्भ गरेको छ । नयाँ शुभारम्भ भएका शाखाहरुमा ७८औं शाखाको रुपमा दाङ्ग जिल्ला, तुल्सीपुर उप–महानगरपालिका–५ “ख” लाइन स्थित तुल्सीपुर शाखा र ७९औं शाखाको रुपमा रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका–४ ट्राफिक चोक स्थित ट्राफिक चोक शाखा रहेका छन् ।
    दुईवटा नयाँ शाखाहरुको विस्तारसँगै हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरुमार्फत २०७८ पौष मसान्तसम्ममा बैंकले रु ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरी रु. ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।
    यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७९ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ८० हजार ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा साप्ताहिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको समेत बैंकले जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्