News Portal

  • माछापुच्छ्रे बैंकद्वारा महानगरीय प्रहरी बृत्तलाई रोड ब्यारीगेट हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२७ पुष, २०७८
    १०८४ पटक
    २७ पुष, २०७८

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गर्नुभएको थियो । साथै, सोही कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गाप्रसाद खनालको पनि उपस्थिति रहेको थियो । बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रदर्शनहरुलाई मध्यनजर गर्दै सर्वसाधारणको सुरक्षाको लागि सडक ब्यारीगेट हस्तान्तरण गरेको हो ।
    माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाख भन्दा बढी ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु सञ्चालनमा रहेको छन् ।

    प्रतिकृया दिनुहोस्