News Portal

  • सिटिजन लाइफ इन्स्योरेन्समा आवद्धले ओम हस्पिटलमा छुट पाउने

    आर्थीकसंसार संवाददाता२५ पुष, २०७८
    ९४८ पटक
    २५ पुष, २०७८

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएका सबैले ओम हस्पिटलमा विशेष छुट पाउने भएका छन् । कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीले ओम हस्पिटलमा स्वास्थ्यसम्बन्धी आवश्यक सेवा लिँदा विशेष छुट पाउने भएका हुन् ।
    उक्त स्वास्थ्य सेवा सम्बन्धमा इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता भएको छ । इन्स्योरेन्सले सिटिजन केयर सुविधाअन्तर्गत ओम हस्पिटलसँग सम्झौता गरेको हो ।
    सम्झौताअनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।
    कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्यसम्बन्धी आवश्यक सहयोग पुग्ने उद्देश्यले कम्पनीले उक्त सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका हुन् ।
    कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, अस्पतालका व्यवसाय विकास व्यवस्थापक बिनोद अधिकारी र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
    यस सम्झौताले कम्पनीसँग आबद्ध भएका सबै लाभान्वित हुने कम्पनीको विश्वास छ । र, आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गर्दै जाने इन्स्योरेन्सको योजना छ ।

    प्रतिकृया दिनुहोस्