काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकको लागि कार्ड लेस क्यास विड्रल सेवाको सुरुवात गरेको छ । यस सुविधामार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् ।
बैंकका अनुसार यस प्रविधिमा मोबाइलमा पासवर्ड प्राप्त गरी सो पासवर्ड ओटिपी निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटिएम मेसिनमा प्रविष्टि गरी पैसा निकाल्न सकिने छ । यो प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटिएमबाट पैसा निकाल्न सकिने छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस सेवाको उद्घाटन गरेका हुन् । सेवा उद्घाटन गर्दै उनले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रविधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताएका छन् । उनले अब प्रत्येक ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ्ग कारोबार गर्ने समय आएको र सिटिजन्स बैंक पनि यस दिशातर्फ अग्रसर भइसकेको बताए ।
बैंकले यसअघि मोबाइलबाटै खाताको विवरण हेर्ने, विभिन्न उपयोगी सेवको भुक्तानी गर्ने, रकमान्तर गर्नेलगायत नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दति खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसी गर्नेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।
सिटिजन्स बैंकले १७४ वटा शाखाहरुबाट करिब १३ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा दिँदै आएको छ ।
सिटिजन्स बैंकले कार्ड लेस क्यास विड्रल सेवा ल्यायो
आर्थीकसंसार संवाददाता२४ पुष, २०७८
२४ पुष, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?