काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरी मृतकको परिवारलाई घरदैलो मृत्यु दाबी भुक्तानी गरेको छ । सिद्धिचरण– २, ठुलोछाप,ओखलढुंगा घर भइ हाल इटहरी–२, सुनसरी बस्ने श्रीमती तारा नेपालको श्रीमान सरोज बाबु भट्टराईको मृत्यु भएकाले कम्पनीले १४ लाख १० हजार १७० रुपैयाँ दिएको हो ।
उक्त रकम बराबरको चेक पूर्व प्रहरी निरीक्षक मोहनप्रसाद खतिवडा तथा बिराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले मृतकको श्रीमतिलाई दिएको हो । मृतकले ४ वर्ष अगाडी सुखी जीवन (साबधिक तथा आजीवन) बीमा योजनामा एघार लाखको बीमा ,अर्धवार्षिक ३० हजार ८६९ रुपैयाँ जम्मा गर्ने गरी कुल २ लाख ७७ हजार ८२१ रुपैयाँ कम्पनीमा जम्मा भएको थियो ।
उक्त कार्यक्रममा पूर्व प्रहरी निरीक्षक मोहनप्रसाद खतिवडाले बीमाको वास्तविकताबारे प्रष्ट धारणा व्यक्त गर्दै आम जनतालाई आफूले कमाएको केही अंश छुट्टाएर बीमा गर्न प्रोत्साहन गरे । साथै, जीबन बीमा कम्पनीका अभिकर्ताहरुको क्षमता, दक्षता अभिवृद्धि गरी सही सूचना जनता माझ लग्न जीवन बिमा कम्पनीलाई सुझाब दिँदै आफु पनि जनताको घरघर गई बीमामा बारे बुझाई यस्तो खालको सामाजिक कार्यमा सक्रिय भइ लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
साथै उक्त कार्यक्रममा शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले बीमाको महत्व र आवश्यकताबारे जानकारी गराउँदै आजको दिनमा जोखिमकै हिसाबले बीमा अतिनै आवश्यक रहेको र भविष्यको लागि आर्थिक सहारा हुने भन्दै सम्पूर्ण उपस्थित जनताहरुलाई बिमा गराउन पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।
एशियन लाइफद्वारा १४ लाख १० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी
आर्थीकसंसार संवाददाता२३ पुष, २०७८
२३ पुष, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह