
काठमाडौं । बैंक अफ काठमाण्डूले विदेशमा रहेका नेपालीलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक गरेको छ । ‘श्रम विदेशमा प्रतिफल स्वदेशमा’ भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिहेका नेपालीहरुलाई उच्चतम ब्याजदरको व्यवस्थासहित बैंकले उक्त बचत खाता तथा मुद्दती खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
बैंकका अनुसार विदेशमा बसी श्रम गरिरहेका नेपालीले उक्त बचत तथा मुद्दती खाता खोल्न सक्ने छन् । मुद्दती खाता खोल्दा ग्राहकहरुले ११ दशमलव ०५ प्रतिशत वार्षिक ब्याजदर पाउने छन् ।
साथै, बिओके रेमिट बचत खातामा उच्चतम ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य आर्कषक विशेषताहरुको उपयोग गर्न सक्ने छन् ।
बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्घती खाताले विदेशमा श्रम गरी आर्जन गरेको रकमको उच्चतम प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।