News Portal

  • सिद्धार्थ बैंकले मारवाडी सेवा समितिलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२० पुष, २०७८
    १२२३ पटक
    २० पुष, २०७८

    काठमाडौं । सिद्घार्थ बैंकले मारवाडी सेवा समिति नेपाललाई १५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले पुस २० गते मंगलबार काठमाडौंको फसिकेब मार्गस्थित रहेको उक्त सामाजिक संस्थालाई डायलाइसीस मेसिन खरिद गर्नका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत सो मात्राको आर्थिक सहयोग प्रदान गरेको हो ।
    सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोद अग्रवाललाई हस्तान्तरण गरेका हुन् ।
    बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समिति नेपालले डायलाइसीस मेसिन खरिद गरि मिर्गौला रोगीहरुलाई निःशुल्क सेवा प्रदान गर्नको निम्ति उपयोग गर्नेछ । मारवाडी सेवा समितिले राष्ट्रिय मिर्गौला उपचार केन्द्रसँगको प्राविधिक सहयोगमा गौशालास्थित पशुपति गौशाला धर्मशालाबाट उक्त सेवा प्रदान गर्नेछ ।
    बैंकले पुर्याएको सो रकम सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा दिएर जीवनस्तर सुधार गर्न केही हदसम्म भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं आफ्नो उच्च प्राथमिकता र निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।

    प्रतिकृया दिनुहोस्