काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका छन् । आईतबार बैंकको १५औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका हुन् ।
उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग औपचारिक रुपमा नेपालमा विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई विदेशमा शाखा खोल्न अनुमति दिनका लागि आग्रह गरे । अध्यक्ष ढकालले राष्ट्र बैंकले डलरमा खाता खोल्ने नीति ल्याउनु राम्रो भएको भन्दै यसलाई कार्यान्वयनमा लैजान बढी विदेशी मुद्रा आर्जन हुने देशहरुमा शाखा सञ्चालनको अनुमति दिन माग गरे ।
अध्यक्ष ढकालले भने, ‘नेपालमा एउटा फर्मल सिस्टमबाट जुन रेमिट्यान्स भित्र्याउनका लागि जुन प्राइभेट रेमिट्यान्स कम्पनीलाई लाइसेन दिएर जुन एउटा अग्रगामी कदम नेपाल राष्ट्र बैंकले सुरु गरेको थियो, त्यसैको फलस्वरुप बैंकिङ च्यानलबाट बाहिर रहेको फरेन करेन्सी जुन नेपालीहरुले विदेशमा काम गरिरहेको फरेन करेन्सी इन्फर्मल च्यानलबाट आउने थियो, त्यसलाई बास्तवमा प्राइभेट कम्पनीलाई रेमिट्यान्स फर्मुलाईज गर्नको लागि राष्ट्र बैंकले जुन आईएमीलाई यो इन्करेज गर्नुभयो, त्यसै गरेर अहिले यो मर्जरको र हरेक हिसावले ग्लोवल आईएमई बैंकलाई इन्करेज गरिरहनु भएको छ, त्यसैगरी आउने दिनमा जस्तो अहिले हाम्रोमा रेमिट्यान्स घटेको अवस्था छ, तरलताको अभाव भएको अवस्था छ, भर्खर भर्खर नेपाल राष्ट्र बैंकले जुन एउटा डलरमा खाता खोल्ने पोलिसी ल्याएको छ, त्यसका लागि धन्यवाद छ ।’ ‘यो पोलिसीलाई कार्यान्वयनमा ल्याउनलाई नेपालीहरु जहाँ धेरै नेपालीहरुको संख्या भन्दा पनि एउटा राम्रो विदेशी मुद्रा आर्जन गर्नसक्ने वा धेरै पैसा विदेशी मुद्रामा आर्जन गर्ने ठाउँ छ, जस्तो कि कोरिया र जापान, त्यस्तो ठाउँमा म गभर्नर साप र राष्ट्र बैंकको टीमलाई म के आग्रह गर्दछु भने ग्लोवल आईएमई बैंकलाई बैंक ब्राञ्च खोलेर त्यहाँको एउटा इन्फर्मल रुपमा आउने रेमिट्यान्सलाई फर्मल च्यानलमा ल्याउनको लागि जसरी ग्लोवल आईएमई बैंकले रेमिट्यान्स भित्र्याउन एउटा सानो कम्पनीले सुरु गरेको थियो, त्यसैगरी ग्लोवल आईएमई बैंकले बाहिरको फरेन करेन्सी फर्मल च्यानलमा ल्याउनको लागि सपोर्ट गर्नेछ, त्यसको लागि नेपाल राष्ट्र बैंकले केही मुलुकमा जहाँ ब्राञ्चको रुपमा रेफ्रेजेन्टेडको अफिसहरु हामीले सञ्चालन गरेका छौं, र यसबाट पनि केही हदसम्म हामी जस्तो फर्मलाई ल्याउनलाई सहयोग पनि गरेका छौं, अझै यसलाई राष्ट्र बैंकको उद्देश्य र आम नेपालीहरुको उद्देश्यअनुसार बनाउनको लागि ब्राञ्च अप्रेशनमै हामी जानुपर्छ ।’ उनले भने ।
अध्यक्ष ढकालले बैंकले हाल औपचारिक रुपमा विदेशी मुद्रा नेपाल भित्र्याउन केही मुलुकमा शाखाको रुपमा सम्पर्क कार्यालयहरु सञ्चालन गरिए पनि त्यसले पर्याप्त नहुने बताए ।
ग्लोबल आईएमई बैंकले विदेशमा शाखा खोल्न राष्ट्र बैंकसँग माग्यो अनुमति
आर्थीकसंसार संवाददाता१९ पुष, २०७८
१९ पुष, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन