काठमाडौं । इसेवामनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअन्तर्गत, अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स राष्ट्रिय वाणिज्य बैंकका मुलुकभर रहेका २५६ वटा शाखा, ९८ वटा शाखा रहित बैंकिङ केन्द्र तथा ३४ वटा एक्स्टेन्सन काउन्टर बाट सजिलै भुक्तानी लिन सकिनेछ ।
साथै, राष्ट्रिय वाणिज्य बैंकबाट पठाएको आन्तरिक रेमिट्यान्स पनि नेपालभरी रहेका इसेवामनी ट्रान्सफरका १० हजारभन्दा धेरै एजेन्टबाट सहजै प्राप्त गर्न सकिनेछ ।
यसैगरी, चाँडै नै राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीले यस बैंकको मोबाइल एप अर्थात ‘आरबिबि स्मार्ट’ प्रयोग गरेर देश तथा विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । साथसाथै ग्राहकले मोबाइल एपबाट इसेवामनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरेर देशभरी आन्तरिक रेमिट्यान्स पठाउन समेत सक्नेछन् ।
इ–सेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स सम्झौता
आर्थीकसंसार संवाददाता७ पुष, २०७८
७ पुष, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?