News Portal

  • सनराइज बैंकले सहकारीको ग्राहकले पनि भिसा डेविट कार्ड पाउने व्यवस्था सुरु

    आर्थीकसंसार संवाददाता६ पुष, २०७८
    ९६२ पटक
    ६ पुष, २०७८

    काठमाडौं । सनराइज बैंकले सहकारीको ग्राहकले पनि भिसा डेविट कार्ड पाउने व्यवस्था सुरु गरेको छ ।
    यसको लागि बैंकले पायोनियर एसोसिएट्स (कोसिस सहकारी सफ्टवेयर), आइमार्क तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सम्झौता गरेको छ । बैंकले यसको लागि भिसा इन्टरनेसलबाट समेत सहमति प्राप्त गरिसकेको जनाएको छ ।
    सनराइज बैंकका नायव महाप्रबन्धक रविन नेपालले ४ वर्षको अथक प्रयासपछि सहकारीमा भिसा डेविड कार्ड प्रयोगमा ल्याउन सफल भएको बताए । उनले सहकारी संस्थाहरुलाई एकै ठाउँमा समेट्ने प्रयास र उनीहरुलाई कोर बैंकिङमा ल्याउने योजनाअन्तर्गत यो कार्यक्रम सुरु गरेको बताए ।
    ‘यसले सबै सहकारीको तथ्यांक रहने र सेवा प्रवाहमा पनि सजिलो हुन्छ, ४ वर्षपछि सहकारीकका सदस्यलाई डिजिटल भुक्तानीमा ल्याउन सफल भएकन छौं, सहकारीका सदस्यहरुले पनि सनराइज बैंकको जुनसुकै एटीएमबाट रकम लिन सक्नेछन्,’ उनले भने ।
    यसको पहिलो चरणमा बैंकले चार सहकारी संस्थासँग सम्झौता गरिसकेको छ । बैंकको अनुसार भिसा ब्राण्डअन्तर्गत सहकारी संस्थाको ग्राहकको लागि भिसा डेबिट कार्ड जारी गर्ने यो योजना दक्षिण एसियामा पहिलो हो ।
    यस परियोजनाअन्तर्गत जारी हुने कार्डमार्फत हुने कारोबारको लागि सनराइज बैंकले मुख्यतः सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्नेछ ।

    प्रतिकृया दिनुहोस्