News Portal

  • एनबी बैंकमा अनलाइनबाटै मुद्दती खाता खोल्न सकिने

    आर्थीकसंसार संवाददाता५ पुष, २०७८
    १२९२ पटक
    ५ पुष, २०७८

    काठमाडौं । नेपाल बङ्गलादेश (एनबी) बैंकले अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ । बैंकले नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि यो सुविधा ल्याएको हो ।
    यसअन्तर्गत ग्राहकले बैंकको वेबसाइटमा अनलाइन फिक्स्ड डिपोजिटमा क्लिक गरेर आफूले चाहेको रकम तथा समय अनुसार मुद्दती खाता खोल्न सक्नेछन् । यस योजनाअन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ ।
    हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्