News Portal

  • सिटिजन्स बैंकको थप ४ स्थानमा प्रिभिलेज काउन्टर विस्तार

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७८
    १००५ पटक
    २९ मंसिर, २०७८

    काठमाडौं । सिटिजन्स बैंकले थप ४ स्थानमा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं. १ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं. २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको हो ।
    यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ तथा कमलादीमा रहेको प्रिभिलेज काउन्टरबाट मात्र आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको थियो ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ८७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्