काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक स्थापनाको २५औं वर्षमा पुगेको छ । २०५३ असोज २८ गते भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको यो बैंकले विभिन्न आरोह अवरोह पार गर्दै २५औं वर्षमा पार गरेको हो ।
अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । गत असोजदेखि २५औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रम राखेको थियो । जसबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।
उक्त वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ((सीईओ) रमेशराज अर्यालले बैंकिङ बजारमा बैंकको उपस्थिति थप बलियो बनाउँदै लैजाने गरी काम गरिरहेको बताए । उनले बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न बैंकको प्राथमिक दायित्व भएको बताए । कर्मचारीलाई सम्बोधन गर्दै सीईओ अर्यालले इमान्दारिताको साथ काम गर्नको लागि आग्रह गरेका हुन् । आफू पनि तल्लो पदबाट सीईओसम्म बन्न सफल भएको भन्दै अन्य कर्मचारीलाई पनि मुख्य भूमिकामा आउने गरी काम गर्नको लागि आग्रह गरे ।
समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंक एक सवल तथा सक्षम संस्थाको रुपमा काम गर्दै गएको र सेवालाई नै प्राथमिक उद्देश्यको रुपमा लिनुपर्ने बताए ।
त्यस्तै, बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने ५ कर्मचारीलाई सम्मान गरेको छ । जसमा अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे मंगलबहादुर बलामी र राजमान डंगोल रहेका छन् ।
बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरी ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।
एनसीसी बैंकको २५औं वार्षिकोत्सव सम्पन्न
आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७८
२९ मंसिर, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?