काठमाडौं । सिभिल बैंकले मंसिर २४ गतेदेखि ऋणपत्रको निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८८’ नामक ऋणपत्र सर्वसाधारणहरुकोे लागि बिक्री खुल्ला गरेको हो ।
बैंकले प्रति डिबेन्चर एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेन्चर अर्थात ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । जसमध्ये १२ लाख कित्ता डिबेन्चर सर्वसाधारण सार्वजनिक निष्काशनबाट बिक्री गरिने र १८ लाख कित्ता डिबेन्चर विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
१०.२५ प्रतिशत रहेको सिभिल बैंक डिबेन्चरको अवधि १० वर्ष रहेको छ । उक्त ब्याजदर बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर रहेको बैंकद्वारा जारी विज्ञप्तिमा बताएको छ ।
यससँगै सर्वसाधारणहरुले कम्तिमा २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म यस ऋणपत्र खरिद गर्न सक्नेछन् । इच्छुकले मंसिर २४ गते खुल्ला भई छिटोमा मंसिर २८ गते तथा ढिलोमा पुस ९ गते बन्द हुनेछ । सर्वसाधारणहरुले आफूले खरीद गर्न चाहेको ऋणपत्र सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत दरखास्त फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।
बैंकले निष्काशन गर्न लागेको डिवेन्चरको व्याजदर हाल नेपाल स्टक एक्सचेन्जमा सुुचीकृत डिबेन्चरहरुको औसत व्याजदर भन्दा बढी तथा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको व्याजदर भन्दा पनि उच्च रहेको कम्पनीले जनाएको छ । यसका साथै अन्य धेरै डिबेन्चरहरुभन्दा फरक यस सिभिल बैंक डिवेन्चरले त्रैमासिक रुपमै व्याज भुक्तानी गर्नेछ, जसले गर्दा लगानीकर्ताले अर्धवार्षिक भुक्तानी योजना भएकोमा भन्दा अधिक ब्याज आम्दानी प्राप्त गर्नेछ । सामूहिक लगानी कोषको लागि छुट्टयाइएको ५ प्रतिशत डिबेन्चरको लागि २.३ गुणा बढी आवदेन प्राप्त भएको समेत बैंकले जनाएको छ ।
सिभिल बैंकद्वारा ३ अर्बको ऋणपत्र जारी
आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७८
२४ मंसिर, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन